background
घर–घरमा गीता, हाम्रो अभियान — गीता पढौं, पढाऔँ र जीवनमा उतारौँ।
सन् २०१५ देखि
Blog & News
Background

कल्याण

कल्याण - आध्यात्मिक चेतना र वैदिक ज्ञान उजागर गर्ने गीताप्रेस
नेपालको एक पवित्र प्रयास।
Book Image

सबैको कल्याण गर्नु हुने भगवानका हजारौँ नामहरुमध्ये कल्याण नामबाट सन १९२६ देखि प्रथम अंक मात्र तीन रुपैया मा प्रकाशित हुँदै आइरहेको गीताप्रेसको विश्व प्रसिद्ध धार्मिक पत्रिका 'कल्याण'-को अध्ययन एवं पढनबाट हालसम्म करोडौं सदस्य हरुले आफ्नो जीवनमा परिवर्तन गरे, यसको कुनै लेखा जोखा छैन। नेपालमा गीताप्रेसको अन्तराष्ट्रिय डिपो आउनुभन्दा अगाडि कल्याणका धार्मिक पाठक महात्माभावहरुले डाक मार्फत कल्याण मगाउने गर्नु भएको र पछि डाक बाट नेपाल आउने बन्द भए पछि सन २०१५ देखि नेपालमा भारतको मूल्यमा नै कल्याणको सदस्य बन्ने सुविधा उपलब्ध भएको हो।

हाल गीताप्रेसको अन्तराष्ट्रिय शाखा गीताप्रेस पुस्तक विक्री केन्द्र, सुमार्गी भवन र विभिन्न जिल्लामा रहेका पुस्तक पसलहरुको माध्यमबाट कल्याण पत्रिकाको सदस्य बन्नु भई आम धर्मप्रेमी महानुभावहरु लाभान्वित हुनु भएको छ । भारत र नेपाल बाहेकका अन्य राष्ट्रहरुमा यसको वार्षिक शुल्क अमेरिकी डलर $ ५०।– (हालको विनिमय दर अनुसार नेपाली रुपैया रु. ६८५०।– हुन आउँछ) रहेकाे छ। हाल यसको वार्षिक सदस्यता शुल्क भारु ३००।– (नेपाली ४८०।–) मात्र रहेको छ । यो मूल्यमा जनवरीको विशेषांक सहित डिसेम्बर सम्म थप ११ वटा पत्रिका उपलब्ध गराउँदै आइरहेको छ ।

Book Image
Book Image

नेपालमा हाल गीताप्रेस पुस्तक विक्री केन्द्रले कल्याणको प्रचार प्रसार मार्फत प्रत्येक नेपालीका घरमा धर्मसंस्कृतिसँग सम्बन्धित लेख रचनाहरु पढ्ने संस्कृतिको अभ्यास बढाउने उद्देश्य राखी १० जना सदस्य बन्नु भएमा १ जना सदस्यलाई निःशुल्क कल्याण पत्रिका उपलब्ध गराएका छौँ । १० जना सदस्य बनाउनेहरुका लागि वहाँहरुको ठेगानामा कल्याण पत्रिकाको डेलिभरी दिने सुविधा समेत प्रदान गरेका छौँ। यो सानो प्रयासले प्रत्येक नेपालीको घरपरिवारमा कल्याण पत्रिकाको माध्यमबाट सबैको कल्याण हुनुका साथै हाम्रो समाजमा मूल्य मान्यताको विकासमा नयाँ अध्याय थपिने विश्वास लिएका छौँ ।

वेेद-कथाएँ
सन् १९२६ देखि प्रकाशन शुरु भएको कल्याण पत्रिका सन् २०२६ मा सय वर्ष प्रवेश गर्दै छ। त्यसर्थ नेपालमा पनि सन् २०२६ मा कल्याण पत्रिका प्रकाशनको शताब्दी वर्षको रुपमा गीता जयन्तीको अवसर पारि शताब्दीको उत्सव मनाउने हाम्रो योजना रहेको छ।
नारी-अङ्क
कल्याणः आध्यात्मिक चेतना र वैदिक
ज्ञान उजागर गर्ने गीता प्रेस
नेपालको एक पवित्र प्रयास
Magazine Open Page